• New title for a=>html, img=>alt
  • सहकारीताको उत्कृष्ट नमुना कन्स्टिलेसन

    सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको लक्ष्य हासील गर्न सस्थाले पहिलो चरणमा बिशेष क्षमतावान उद्दमीहरुलाई सस्थाको सदस्यको रुपमा प्रवेश गराई उनिहरुको ब्यापार प्रबर्दन का लागि आर्थिक र प्राबिधिक सपोर्ट गर्नुका साथै उनिहरुवाट प्रदान गरीने बस्तु वा सेवालाई सस्थाकै अर्को सदस्य र सदस्यका चिनजानका ब्यक्तिहरबाट सरल र सहुलियत दरमा उपभोग गराइ उच्चस्तरको ब्यापार मैत्री वातावरण बनाउने काममा सस्था लागि परिरहेकोे छ ।

    का.जि.का.म.न.पा. ११ , सुनधारा स्थित सिटीसी मलको पाचौ तलामा कार्यालय स्थापना गरी एक बर्ष भित्रैमा नेपालकै नमुना सहकारीको रुपमा बिकसीत गर्ने लक्ष्य बोकेको यस कन्स्टिलेसन सेभिङ एण्ड क्रेडीट को—अपरेटीभ लि.ले सदस्यहरुको सामाजिक र आर्थिक विकासका अतिरीक्त ब्यबशायिक विकासमा समेत प्रत्यक्ष प्राबिधिक सहयोग गर्ने निति रहेको छ । यस कार्यको निमित्त पहिलो चरणमा सदस्यको बिजनेस प्रोमोट गराउने नीतिको अवलम्बन गरीदै छ । यो निति अनुसार कुनै सदस्यले व्यवशायिक रुपमा बिक्रीका लागि राखेको वस्तु तथा सेवालाई अरु वाँकी सदस्यहरु मार्फत खरीद हुने स्थाई ग्राहाक प्रर्णाली को अवधारणा अनुरुप सयौं प्रकारका वस्तु वा सेवा हज्जारौं जनामा आदान प्रदान हुने व्यवशायिक सञ्जाल निर्माण हुदैछ जस्को कारण प्रत्येक सदस्यको ब्यापार अहिले भन्दा कैंयौं गुनाले बढ्न गई सोही बमोजिम आम्दानी र बचतको सुचकाङ्क पनि बढ्दै छ । यसरी आम्दानी र बचत बढ्दै जादा एकतिर सस्था प्रति सदस्यको आस्था , भरोसा र बिश्वास पनि गाढा बन्दैछ भने अर्को तिर सदस्य–सदस्य विचको चिनाजान,सम्बन्ध , सहयोग र लेनदेनमा पनि सफ्तार बढ्दैछ । धन र जनको मिलन हुने यस्तो अवस्था आएपछि सस्था र सदस्यहरुको पहलमा सदस्य मात्र सम्मिलित रहेको नयाँ प्रोजेक्टको स्थापना गरी ब्रन्डिङ गर्ने र प्रत्येक वर्ष यहि क्रमले नया प्रोजेक्टको स्थापना गरी ब्रन्डिङ गर्दै गई आगामी १५ वर्ष सम्ममा दैनिक जीवनका आवश्यक बस्तु वा सेवाहरु नेपालका आधिकांस स्थानहरुबाट उपलब्ध गराइने दीर्घकालिन नीति रहेको छ ।

    तसर्थ उल्लेखित नीतिहरुलाई कार्यान्वयनका लागि निश्चित प्रक्रिया र मापदण्डको अधिनमा रही निश्चित किसिमको बस्तु वा सेवा प्रदान गर्न सामथ्र्यवान व्यवशायी ब्यक्तित्वलाई स्वामित्व सहित सस्थामा आबद्ध गराइ सदस्य सख्यामा बढोत्तरी गर्दै जानु पर्ने भएकाले सस्थाले उपयुक्त ठानेका व्यवशायी ब्यक्तित्वलाई स्वामित्व सहित सस्थामा विधिवत आबद्ध हुन अनुरोध गर्दै सस्थाको यस योजना तथा कार्यक्रमबाट आफ्नो ब्यवशायलाई समग्र उपभोक्तासामु सुपरिचीत र मर्यादित वनाई ब्यवशायिक र सामाजिक लाभ लिन इच्छुक जो कोही उद्दमीलाई यस योजनामा समाहित हुन निश्चित समय सम्मका लागि आवेदन खुल्ला गरीएको छ ।